प्रचण्ड बाथरुममा लडेसँगै सरकार लड्ने सम्भावना उच्च

काठमाडौं । प्रचण्ड बाथरुममा लडेसँगै वर्तमान सरकार पनि छिटै लड्नसक्ने एक खाल्काे अनुमान नेपाली राजनीतिक वृत्तमा सुनिन थालेको छ । पछिल्लो समय प्रचण्ड र एमाले नेताहरूकाे भेटघाट बढेसँगै सरकार लड्नसक्ने सम्भावना बढेर गरेको देखिन्छ ।


हिजो राति प्रचण्ड खुमलटारस्थित आफू बस्दै आएको घरको बाथरुममा नभएर ललितपुरको एक रिसोर्टको बाथरुममा लडेको खुलेको छ । स्रोतका अनुसार उनी लाकुरी भञ्जाङमा रहेको टेरेस रिसोर्टमा लडेका हुन् ।

परिवारका सदस्यसहित रिसोर्ट पुगेका प्रचण्ड गए राति त्यहीँ बसेका थिए । तर, राति नै लडेपछि उनलाई अस्पताल पुर्‍याइएको हो । अस्पतालमा उनको उपचारपछि घर लगिएको हो ।

प्रचण्ड लडेकोबारे उनकी छोरी गंगा दाहालले पनि फेसबुकबाट जानकारी दिएकी थिइन् । उनले आफ्नो स्टाटसमा प्रचण्ड बाथरुममा चिप्लिएर लडेको भनेर त लेखेकी छन् तर, कहाँको बाथरुममा चिप्लिएर लढेका हुन् भनेर भने खुलाएकी छैनन् । जसका कारण प्रचण्ड घरकै बाथरुममा लडेको कतिपयको शंका थियो ।

‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु,’ गंगाले फेसबुकमा लेखेकी छन्, ‘बुबाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद ।’अहिले प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ  ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ