Nepal Viral
जुन 14, 2025

आक्रमणबाट भारतीय सेनाका लेसनायककाे मृत्यु


काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका एक लेसनायक मारिएका छन् । फाइभ फिल्ड रेजिमेन्टमा रहेका लेसनायक दिनेश कुमारको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ ।

भारतीय सेनाको ह्वाइट नाइट कोर युनिटले एक्स (पूर्व ट्विटर) मा लेखेको छ, ‘५ फील्ड रेजिमेन्टका लान्स नायक दिनेश कुमारले मे ७ मा पाकिस्तानी सेनाको गोलाबारीको क्रममा आफ्नो प्राण आहुति दिए ।’

कश्मिरको पहलगाम क्षेत्रमा आतंकवादी आक्रमणमा परी एक नेपालीसहित २६ जनाको मृत्यु भएको बदलास्वरुप भारतले मंगलबार रातिदेखि पाकिस्तानको भूमिमा हवाई हमला सुरु गरेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ