प्रश्नपत्र आउट भएको आशंकामा दुई विद्यार्थी पक्राउ

काठमाडौँ- कक्षा १२ को परीक्षा चलिरहेका बेला बिहीबार प्रश्नपत्र आउट भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौँको बानेश्वरस्थित एम्बिसन कलेजका दुई जना विद्यार्थीलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहोराले बताएका छन्।

‘प्रश्नपत्र पहिले नै पाए कि भन्ने आशंकामा पक्राउ गरिएको हो,’  नेपालभाइरलालाई उनले भने,’थप अनुसन्धान पछि खुल्नेछ।’

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ