काठमाडौं : साफ यू१९ च्याम्पियनसिप २०२५ मा नेपालले श्रीलंकालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। भारतको अरुणाञ्चल प्रदेशमा रहेको गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा नेपालले श्रीलंकालाई ५-० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।
नेपालका लागि पहिलो हाफमा सुजन डंगोलले गोल गर्दै १-० अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समय सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा सुजनले गोल गरेका हुन्। नेपाललाई धर्मेन्द्र कुँवरले ६१औं मिनेटमा गोल गर्दै दोस्रो सफलता दिलाए। उनले सुवास बमले दिएको क्रसमा डिफ्लेक्ट हुँदै आएको बललाई सहज स्कुलमा परिणत गरे। उक्त बलमा गोलकिपरले कुनै मौका नै पाएनन्।
खेलको ७७ औं मिनेटमा नेपालले अर्को गोल थप्यो नेपालका लागि सुभाष बमले तेस्रो गोल गरे। खेलको ८९ औँ मिनेटमा विज्ञान खड्काले गोल गर्दै नेपाललाई ४–० को फराकिलो अग्रतामा ल्याए।
नियमित समयमा थप गरिएको तेस्रो मिनेटमा लक्ष्य थापाले डिबक्स बाहिरबाट फ्री किकमा सिधै गोल गरे। उनको गोलसँगै नेपालले ५-० को अग्रता बनाएको थियो। श्रीलंकाले भने एक गोल पनि फर्काउन सकेन। यसअघि नै श्रीलंका भारतसँग ८-० ले पराजित भएको थियो।
यो हारसँगै श्रीलंका भने समूह चरणबाटै बाहिरिएको हो। नेपालले एक खेल अगावै समूह बीबाट सेमिफाइनलमा आफ्नो नाम दर्ता गरेको हो। नेपालले १३ मे मा भारतसँग खेल्नेछ यो खेलले समूह विजेता को बन्ने भन्ने टुङ्गो लगाउनेछ। समूह बी नेपाल र भारतले सेमिफाइनल खेल्ने पक्का भएको छ।
https://t.me/s/Top_Online_1WIN
https://t.me/s/TopTg_Poker