काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणाका छोरा जयवीरले रु.२५ अर्वमा हिल्टन होटल किने भन्ने बिषयले अहिले सामाजिक सञ्जाल तताइरहेको छ । पछिल्लो समय जयवीर विभिन्न व्यापारमा जाेडिएकाले पनि बजार हल्ला सत्य हुनेमा धेरैले अनुमान गरेका छन् ।
तर शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहील अग्रवालले शेरबहादुर देउवाका छोरा जयबिरसिंहले होटेल खरिद गरेको कुरा झुटो भएको बताएका छन् । यसका साथै, उनले आफूहरुले होटल नै बिक्री गर्न नचाहेको पनि भनेका छन् ।