काठमाडौं । भारतीय क्रिकेट टोलीका स्टार ब्याट्म्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। यसअघि नै संन्यासको विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) लाई जानकारी गराएका कोहलीले सोमबार संन्यास लिने घोषणा गरेका हुन्।
उनले सामाजिक सञ्जालमार्फत् टेस्ट क्रिकेटबाट बिदा भएको जनाकारी गराएका हुन्।
इंग्ल्यान्डविरुद्धको आगामी पाँच म्याचको टेस्ट सिरिजअघि उनले संन्यास लिएपछि भारतीय टोलीले युवा खेलाडीमा भर पर्नु पर्नेछ। सिरिज जुन २० जुनदेखि सुरु हुँदैछ।
कोहलीले यसअघि नै टी-२० बाट संन्यास लिएका थिए। अब उनी भारतका लागि एकदिवसीय खेलमा मात्र उपलब्ध हुनेछन्।
कोहलीले एक महिनादेखि बिसिसिआईसँग संन्यासको विषयमा छलफल गरिरहेका थिए। यद्यपी टोली व्यवस्थापन र छनोट समितिले उनको अनुभव इंग्ल्यान्ड सिरिजका लागि महत्वपूर्ण हुने भन्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेको थियो। तर कोहलीले भने संन्यासको निर्णय सार्वजनिक गरेका हन्।
रोहित शर्माले हालै टेस्ट क्रिकेटबाट संन्यास लिएका छन् भने रविचन्द्रन अश्विनले पनि अस्ट्रेलियाविरुद्धको सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट छोडेका थिए। रोहितले संन्यास लिएपछि भारतले इंग्ल्यान्ड सिरिजअघि नयाँ कप्तान घोषणा गर्नु पर्नेछ भने कोलहीको स्थानामा युवा खेलाडीलाई स्थान दिनु पर्नेछ।


https://t.me/s/TopTg777_DragonMoney
715060 850820dog grooming is the specialty of my sister, she truly loves grooming every dog in our house 112517
222456 412932Employing writers exercises such as chunking. They use numerous websites that contain several creative writing exercises. Writers read an exercise, and do it. 363947