काठमाडौं । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेहीले बौद्ध टुसालस्थित हायात ग्राउन्डमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ मा प्रस्तुति दिदै दर्शनको मन जित्न सफल भएकी छिन् । उनको नृत्य हेर्न हजारौंको सङ्ख्यामा नेपाली दर्शकको उपस्थिति रहेको थियो । यहीँ कार्यक्रममा नेपालका भाइरल गायक दुर्गेश थापाले पनि आफ्नो प्रस्तुति दिएका थिए ।