काठमाडौं । कान्स रेड कार्पेटमा नेपालबाट ‘एक्लो’ को टिम पुगेको छ । फिल्मका अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही पुगेका हुन् । ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा सम्भवतः पहिलोपटक नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गरेको हो । कान्स फिल्म फेस्टिभल २०२५ को अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही सहभागी भए। नेपाली चलचित्रको लागी कान्स फिल्म फेस्टिभलमा एक्लो को यो उपस्थिति उल्लेखनिय छ।