Nepal Viral
जुन 14, 2025

नाेरासँगै नाचेका गाैरवकाे चर्चा यत्रतत्र

काठमाडौं । नेपाल आएकी बलिउड अभिनेता एवम् चर्चित डान्सर नाेरा फतेहीसंग डान्स गरेर चर्चामा रहेका उनी हुन गौरव सिटौला।

नोरासंग बेलि डान्स गरेका उनको अहिले निक्कै चर्चा छ । टिकटकमा निक्कै चर्चामा रहेका गौरव मोडलिङ तथा नृत्य दुवै क्षेत्रमा सक्रिय छन्। उनी ‘मिस्टर एन्ड मिस एसइई २०२४’ का विजेता पनि हुन् । गौरवलाई नोराले स्टेजबाटै बोलाउदै तिम्रो नाम के रे? म तिमिलाई चिन्छु, टिकटकमा डान्स भिडियो हेरेको र कोरियोग्राफी मन परेको र आफुले सेयर समेत गरेको भन्दै नोरा आफैले भनेकी थिइन् ।

गौरवले बनाएका डान्स भिडियो धेरैलाई मन पर्छन् । आफ्नै शैली र आत्मविश्वाससँग डान्स गर्ने गौरवका भिडियोहरुमा मौलिकता झल्किन्छ । त्यसैले होला, नोरा फतेहीले कयौंको भिडमा उनलाई पहिचान गरिन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ