Nepal Viral
जुन 14, 2025

नेपालका २४ स्थानमा जमिन भासिने खतरा

काठमाडौं । भूगोलविदका अनुसार नेपालका २४ स्थानमा जमिन भासिने खतरामा छन् । जसमा झापाको भद्रपुर र दमक ,माेरङकाे विराटनगर ,सुनसरीकाे धरान , सिन्धुली , धनुषाको जनकपुरधाम ,महाेत्तरीका बर्दिबास र जलेश्वर ,पर्साकाे वीरगन्ज ,मकवानपुरको हेटौंडा ,काठमाडौं र नुवाकोटमा जमिन भासिने जाेखिमयुक्त भाैगर्भिक संरचना छ।
त्यसैगरी चितवनको भरतपुर ,कास्कीको पाेखरा ,तनहुँकाे दमाैली ,रुपन्देहीका बुटवल र भैरहवा ,दाङको तुलसीपुर ,बाँकेको नेपालगन्ज ,बर्दियाको गुलरिया ,सुर्खेत ,कैलालीका टीकापुर र धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा पनि जमिन भासिने खतरा छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ