काठमाडौं । नेपालीमा एउटा उखान छ ” सङ्गत गुनाकाे फल ” अर्थात जस्तो सङ्गत छ , त्यस्तै प्रतिफल प्राप्त हुन्छ । विशेषगरी किशाेरावस्थाकाे समयमा हुने सङ्गतले किशाेरकिशाेरीकाे भविष्य कस्तो रहन्छ , राम्रो हुन्छ कि नराम्रो हुन्छ , यी यावत पक्षको निर्धारण गर्ने काम उसको सङ्गत कस्तो चरित्र ,आनीबानी भएकासँग त्यसले धेरै लेखाजोखा गर्ने काम गर्दछ । जसकारण कुनै पनि व्यक्तिसँग निकट हुनुअघि एकपटक उसको आचरण आनीबानी बुझ्न आवश्यक छ ।
सङ्गत एकहिसाबले नदी जस्तै हाे । दुवैलाई जाे जाेसँग हिड्छ , उठवस् गर्छ । उनीहरू दुवै एउटा स्थानमा जाने गर्छन् । जेलकाे वास कि घरको वास , डाक्टर बन्ने कि अपराधी हुने , याे पनि सङ्गतले तय गर्छ । साथले सहयोग गर्नेछ । हामीलाई उज्ज्वल भविष्यकाे मार्गमा जानुछ भने जहिल्यै राम्रो व्यक्तिको सङ्गतमा बस्नुपर्छ । पंक्तिकारले केही बुँदाहरु कस्ताकस्ताकाे सङ्गत गर्ने , निम्नअनुसार छन् :
१.ज्ञानी अनुशासित व्यक्तिको सङ्गत गर्ने
२.इमानदार , समानुभूति भएको व्यक्तिको सङ्गत गर्ने
३.जीवनाेपयाेगी सीप भएको व्यक्तिको सङ्गत गर्ने
४. सृजनशील व्यक्तिको सङ्गत गर्ने
५. मिहिनेत व्यक्तिको सङ्गत गर्ने
६. सामाजिक सांस्कृतिक उत्तरदायी भएकोे व्यक्तिकाे सङ्गत गर्ने
७. कानुनको पालना गर्ने व्यक्तिको सङ्गत गर्ने
कस्ता व्यक्तिको सङ्गत नगर्ने
१. अहंकारी ,फटाह ,झुट बाेल्ने व्यक्तिको सङ्गत अथवा छेउछाउमा नजाने
२. अरुको कुभलाे चाहाने व्यक्तिको सङ्गत नगर्ने
३. नियत ठिक नभएको व्यक्ति सङ्गत नगर्ने
४. कुसंस्कारी व्यक्तिको सङ्गत नगर्ने
५. प्रक्रियावादी , अवसरवादी , व्यक्तिको सङ्गत नगर्ने
६. धाेका दिने व्यक्तिको सङ्गत नगर्ने