काठमाडौं । अस्ट्रेलियन सांसद क्याली म्याकजिकले आफ्नो जुत्तामा बियर खन्याएर पिउँदै ‘सुवए’ परम्परा निभाएका छन्। सांसद म्याकजिकले आफ्नो बिदाई भाषणको अन्त्य अनौठो तरिकाले गरेका छ्न । उनले भने, “मैले यो भाषण कसरी सक्ने भनेर धेरै सोचें, र मलाई लाग्छ गाेल्फिठका मेरा मतदाताहरूले यो विशेष रूपमा मन पराउनेछन् , यसलाई सक्ने एउटै तरिका छ। म सम्पूर्ण सभाका सदस्यहरू र मतदाताहरूलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद पश्चात् उनले चियर्स भने । त्यसपछि आफ्नो जुत्तामा बियर खन्याएर ‘Shoey’ गर्दै बिदाई भाषण टुंग्याए।
‘सुवए ’ परम्परा पछिल्ला वर्षहरूमा विश्वभर चर्चित हुँदै आएको छ। यो चलनलाई पछ्याउने चर्चित व्यक्तिहरूमा फर्मुलावान ड्राइभर डायानि रिकार्डिनाे, फिल्म स्टार सर प्याट्रिक स्टुवार्ट , जिमि फेलनलगायतका व्यक्तित्वले जुत्तामा वियर राखेर सुवये गरेका थिए ।