Nepal Viral
जुन 15, 2025

इसाई भजनमा अभिनय गरेकै कारण कलाकार रामचन्द्र अधिकारी र सुरवीर पण्डितमाथि गालीगलाेज

काठमाडौं । ख्यातिप्राप्त कलाकार रामचन्द्र अधिकारी र सुरवीर पण्डितमाथि अहिले सामाजिक सञ्जालमा गालीगलाेजकाे वर्षा आएको देखिन्छ । केही समयअघि कलाकारद्वयले इसाई धर्मावलम्बीको भजनमा अभिनय गरेका थिए । यहीँ भिडियोमा अभिनय गरेकै कारण उनीहरूलाई इसाई धर्मको प्रचारप्रसार गरेको , धर्म परिवर्तन गरेको आराेपमा धार्मिक अतिवादीकाे झुन्डले उनीहरू माथि नियाेजित गालीगलाेज गरेको देखिन्छ ।

सामाजिक सञ्जालमा देखिएको अभद्र व्यवहारले कलाकार अधिकारी र पण्डित दुखी भएको बताए । उनीहरूका अनुसार आफूहरूले काम गरेको मात्रै हुँ । हामी कलाकारकाे विभिन्न चरित्रमा काम गर्छौं । याे हाम्रो धर्म हाे । तर विडम्बना अहिले जुुन निराधार आराेप लगाइएको छ, त्यसले हामीले दुखी बनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ