काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आह्वान गरिएको छ ।
बैठक भोलि (सोमबार) बिहान ९ः०० बजे आह्वान गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । बैठक देउवा निवास बुढानीलकण्ठमा बस्नेछ ।
पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका हुन् ।
यसका साथै पदाधिककारी बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।
पछिल्लो समय भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्रीको सचिवालय पनि मुछिएको भन्दै मन्त्रीको समेत राजीनामा मागिएको छ । यसबारेमा पनि छलफल हुने बताइएको छ ।