नुवाकोट । सूर्यगढी गाँउपालिका वडा नं २ फटपुर नुवाकोटमा अवस्थित श्री शिलाकन्या देवी माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापनमा पुन: रामचन्द्र तामाङ निर्विरोध अध्यक्षमा चयन हुनुभएको छ।
कार्यक्रममा बोल्दै शैक्षिकरुपमा पछि पारिएका तामाङ समुदायका विद्यार्थीको शैक्षिक स्तर उकास्न र विद्यार्थीलाई दैनिक पठनपाठनमा कक्षामा सहभागी गराउन प्रोत्साहित गर्न उक्त कार्यक्रम गरिएको कुरा कार्यक्रममा बोल्दै विद्यालय अध्यक्ष रामचन्द्र तामाङले बताउनुभएको थियोे । विद्यालयको व्यवस्थापन समितिमाको अध्यक्षको जिम्मेवारीमा रहेर छोटो समयमा विद्यालयप्रतिको भूमिका प्रगतिशील भएको भन्दै अध्यक्षप्रति विद्यालय अविभावकले र विद्यार्थी निकै उत्साहित भएका छन।
तामाङ विद्यालय व्यवस्थापन समितिको कार्यकालमा डेढ वर्षअघि देखि मात्र अध्यक्ष समाल्नु भएका तामाङलाई उहाँको कामबाट प्रभावित हुँदै विद्यालय अविभावकले रामचन्द्र तामाङलाई फेरि तीन वर्षीय कार्यकालको लागि निर्विरोध अध्यक्षमा चयन हुनुभएको हाे ।
उक्त कार्यक्रममा अध्यक्ष तामाङको पहलमा विधार्थी र अभिभावकलाई विभिन्न सामग्री वितरण कार्यक्रम गरिएको थियो। सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथिमा काठमाण्डौ महानगरपालिका वडा नं १७ निवासी तथा सहयोगी दाता श्री निङमा डोमा शेर्पा हुनुहुन्थ्यो। उक्त कार्यक्रममा १ सय साठी विधार्थीलाई विद्यालय ब्याग, हुडि लगायत प्रत्येक विद्यार्थीका अभिभावकलाई एक घर एक सिरक वितरण गरनुभयो।
अध्यक्षले त्यो भन्दा पहिले अध्यक्षको पहल कदमी मा सिएमएस फाउण्डेशन, यूके (CMS Foundation UK) को आर्थिक सहयोग रहेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र तामाङ (गौरव) को पहलमा विद्यालयमा अध्ययनरत करीब एकसय ७० जना विद्यार्थीलाई विद्यालयको नाम उल्लेख गरिएको ट्रयाक सुट विद्यालयका सबै विद्यार्थीलाई वितरण गर्नु भएको थियो। विद्यालयको शैक्षिक, भैतिक सुधारको लागि अध्यक्षले गर्नु भएको कामको प्रशंसा गर्नुभयो। यस कार्यक्रममा कार्यक्रम संचालक विद्यालयका निमित्त प्रअ सुदिप अधिकारी हुनुहुन्थ्यो भने कार्यक्रमा स्वागत मन्तव्य त्यसै विद्यालयका शिक्षिका शोभा तामाङले राख्नु भएको थियो।
त्यसैगरी अध्यक्षको काम बाट प्रभावित हुँदै विद्यार्थी तर्फबाट कक्षा दशमा अध्यनरत विद्यार्थी सावित्री तामाङले आफ्नो विचार राखेकी थिइन्।
