Nepal Viral
जुन 15, 2025

पूर्वराजा ज्ञानेन्द्र छाेराे छाेडेर नाति च्याप्दै

काठमाडौं । राजावादी समूहकाे सक्रियता बढेसँगै पूर्वराजा ज्ञानेन्द्रकाे ठाउँठाउँमा घुमघाम, उठबस , खानपिन निकै बढेको देखिन्छ । पछिल्लो समय बजार हल्ला , राजावादीहरुकाे सल्लाहअनुसार पूर्वराजा ज्ञानेन्द्र नाति हृदेन्द्रसँग बढी देखिन थालेका छन् । आखिर ज्ञानेन्द्र किन हृदयेन्द्रलाई च्यापिरहेका छन् ? छाेरा पारस जिवित हुँदाहुँदै कि ज्ञानेन्द्रले बहिस्कार गरिरहेका छन् ?

शाहवंशीय राजतन्त्रको इतिहास र परम्परा हेर्दा राजाको जेठो छाेराे राजा हुने परम्परा रहेको छ । नेपालमा पनि जेजति राजा भएका छन् ती एकाध बाहेक , जस्तैः राज वीरेन्द्रको परिवार हत्या पश्चात् उनका माइला भाइ ज्ञानेन्द्र राजा भएका थिए । अन्य अवस्थामा राजाको जेठो छाेराे नै राजगद्दी गएको इतिहास छ ।

नेपालमा पछिल्लो समय राजावादीहरु देशमा राजसंस्था ल्याउँछाैं भनी आन्दोलन गरिरहेका छन् । यता पूर्वराजा ज्ञानेन्द्र पनि भित्रभित्रै पूर्वपञ्चे लगायतका विश्वासपात्रहरुसँग रणनीतिक बनाइरहेका छन् । राजसंस्था स्थापनाकाे सवालमा पूर्वराजा ज्ञानेन्द्रकाे नयाँ रणनीति देखिएको छ । आफू र छारा पारसभन्दा नाति हृदयेन्द्रलाई प्राथमिकता दिइरहेका छन् । हृदयेन्द्र पनि बाजे ज्ञानेन्द्रकाे सल्लाहअनुसार आफ्नो पढाइलाई बिचचमै छाेडेर जेठ १५ गते राजावादीको आन्दोलनलाई साथ दिन नेपाल आएको धेरैको अनुमान छ ।

जानकारका अनुसार कथनकथाचित नेपालमा राजतन्त्र स्थापना भयो भने , उमेरका कारणले ज्ञानेन्द्र अलिक अयोग्य जस्तो देखिनेछन् । पारसकाे नकारात्मक छवि जगजाहेर छ । सबैभन्दा उत्तम एवम् सेफल्यान्डिङका रुपमा ज्ञानेन्द्र हृदयेन्द्रलाई अगाडि सारेको देखिन्छ ।

One thought on “पूर्वराजा ज्ञानेन्द्र छाेराे छाेडेर नाति च्याप्दै”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ