नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढायाे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाइएको छ । डिजेलको मूल्य लिटरमा एक रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

आइतबार (जेठ १८) बिहानदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाइएको हो । हवाई इन्धनको मूल्य भने केही घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ