Nepal Viral
जुन 15, 2025

माेडल सञ्चिता शाहीले भनिन् माग्ने बुढालाई नराम्रो मान्छे

काठमाडौं । केही समयअघि जुम्लाका कलाकार विर्ख विश्वकर्माले नक्कली क्यान्सर बिरामीको नाटक गरेको तथ्य उजागर गरेकी माेडल सञ्चिता शाहीले माग्ने बुढा (केदार घिमिरे ) ले उनलाई विर्खेनी भनेकाले आक्राेश व्यक्त गरेकी छन् । उनले आफ्नो सामाजिक सञ्जालमा पाेस्टमार्फत यस्ताे लेखेकी छन्।

“मेरो नजरमा यदि कोही नराम्रो मान्छे छ भने त्यो माग्ने बुढा हो। उहाँ जस्तो लेजेण्ड कलाकारले मलाई बिर्खेनी भनेर नाम राखिदिनु भयो। त्यही भएर संसारमै मन नपर्ने नाम हो माग्ने बुढा । उहाँलाई बास्तविक कुरा थाहा छैन, उहाँ सिनियर कलाकार हो, उहाँबाट हामीले कति कुराहरु सिक्छौ तर जब उहाँको स्टाटस आयो , उहाँले यदि मलाई छोरी जस्तो सम्झिनु हुन्थियो भने मलाई सोध्नु हुन्थियो होला। तर म बिर्खेनी होइन, उहाँ जस्तो कलाकारले भाई बहिनीको नातामा बिर्ख र बिर्खेनी भन्ने होइन । उहाँले गर्दा मेरो नाम बिर्खेनी भएको छ । हरेक मान्छेलाई बाहिरबाट जज गरेर प्याच्च बोल्नु भनेको आफ्नै लेबल डाउन गर्नु हो “।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ