काठमाडौं ।कर्णाली डेभलपमेन्ट बैंकको रकम अपचलनको आरोपमा संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् ।
बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष रायलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।
सीआईबीका एसएसपी होबिन्द्र बोगटीका अनुसार अध्यक्ष रायलाई नेपाल–भारत सिमानाको बेलहिया नाकाबाट पक्राउ गरिएको हो ।
रायलाई म्याद थपका लागि बाँके पठाउन थालिएको एसएसपी बोगटीले बताए । २०६० सालमा बाँकेमा खुलेको कर्णाली डेभलपमेन्ट बैंकमा राय २०७६ देखि २०७९ सम्म बैंकको सीईओका रूपमा कार्यरत थिए ।
रायमाथि बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । आफूविरुद्ध बैंकको रकम अपचलनको अनुसन्धान अघि बढेपछि राय फरार भएका थिए