पेरिसमा प्रहरी र पेरिस सेन्ट-जर्मेनका समर्थकहरूबिच झडप हुँदा ३०० पक्राउ

पेरिस । फ्रान्सको पेरिसमा प्रहरी र पेरिस सेन्ट-जर्मेनका समर्थकहरूबिच झडप भएको छ । सो क्रममा प्रहरीले करिब ३ सय जनालाई पक्राउ गरेको छ ।

पेरिस सेन्ट-जर्मेन (पीएसजी) का फ्यानहरू च्याम्पियन्स लिगको फाइनलमा विजयको उत्सव मनाइरहेका बेला झडपहरू भएको थियो ।

पिएसजीको रंगशाला पार्क डेस प्रिन्सेस र च्याम्प्स-एलिसेस क्षेत्रमा ठूला स्क्रिनमा लगभग ५० हजार मानिसहरूले खेल हेरेका थिए । जितपछि केही मानिसहरूले पटाका पड्काए, बस स्टपहरू तोडफोड गरे र सवारी साधनहरूमा आगजनी समेत गरेका थिए ।

प्रहरीले करिब ३ सय जनालाई पक्राउ गरेको बताएको छ । यीमध्ये धेरैजसो मानिसहरूलाई पटाका राखेको र तोडफोड गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उत्सवको समयमा सम्भावित अराजकतालाई ध्यानमा राख्दै पेरिसमा ५ हजार ४०० भन्दा बढी प्रहरी तैनाथ गरिएको थियो । धेरै ठाउँमा प्रहरी र भीडबिच झडप भएको थियो। भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरिएको थियो ।

पिएसजीले च्याम्पियन्स लिगको फाइनल जित्दै पहिलो पटक युरोपको सबैभन्दा ठूलो ट्रफी जितेको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पिएसजीलाई बधाई दिएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ