काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई कसैले झाेलेभन्दा त्यसलाई सकारात्मक तरिकाले लिनुपर्ने बताएका छन् । ओलीले आफ्नो फेसबुक पेजमा “हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।” लेखेर झाेले शब्दावलीकाे समर्थनमा लेखेका थिए ।