काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बन

काठमाडौं । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उनलाई निलम्बन गरेका हुन् ।

पाण्डे निलम्बनमा परेसँगै कामपाको विपद् व्यवस्थापन विभागमा कार्यरत विष्णु जोशीलाई नगर प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि गुरागाईँले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

जोशीले आफूलाई अर्को निर्णय नहुँदासम्म प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ