काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजमा बुधबार नेपालले दोस्रो खेल खेल्दैछ।
स्कटल्यान्डको डन्डीमा पौने चार बजे सुरू हुने खेलमा नेदरल्यान्ड्सले नेपालविरूद्ध टस जितेर ब्याटिङ रोजेको छ।
खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। स्कटल्यान्डविरूद्ध टोलीमा रहेका तीव्र गतिका बलर रिजन ढकालको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई स्थान दिइएको छ।
नेपालको प्लेइङ-११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी।
यसअघि नेपालले सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित निकालेको थियो।

