अगस्ट 2, 2025


तुलसी पण्डित

न सक्ने भए मैले यसको व्यावहार परिवर्तन गर्न ।
भित्र छोरो करायो ।
“म खादैखान्न यो भात ।”
आमा दौडदै भित्र जानु भयो ।
“होइन के गरेको यो खानाहरू सबै भुइमा फालेर ?”
“मिठो भए पो खाउँ त ।”
आमाले पल्लो घरकी मनचरीलाई आफ्नो गुनासो पोख्नु भयो । उसले कान नजिक मुख लगेर केही कुरा भनि ।
आमाको मुख उज्यालो भयो ।
उहाँले घर आएपछि छोरालाई भन्नु भयो ।
“बाबु यता आउँ त ।”
“किन आमा ?”
“आज म तिमीलाई डुलाउन लैजादै छु ।”
छोरो खुशी भयो र उसले झटपट लुगा लगायो ।
“बाबु हामी कहाँ आइपुग्यौ ?”
छोराले माथि बोर्डमा हेर्यो ।
सहयोगी आश्रम ।
उनीहरू भित्र गए । बिहानको खाना पकाउने बेला थियो ।
छोरोले सबैतिर हेर्दै एक दाइलाई भन्यो ।
“तपाईलाई यो जीवन निरस लाग्दैन । दुबै हात छैन । खुट्टाले खाना पकाउनु भएको छ । खुट्टाले खानु भएको छ ?”
“हेर हाम्रो जीवन अनमोल छ । जीवन सङ्घर्ष हो । सङ्घर्ष देखि डराउनु हुदैन । कतिपय सपाङ्ग भएर पनि अपाङ्ग जस्तै छन् । म भन्छु तिनिहरु कातर हुन् । ऊ त्यो कोठामा जाउ त ।”
छोरोले अर्को कोठामा हेर्यो । त्यहाँ त न खुट्टा छ न हात । मुखैको भरमा खानेकुरा बनाउन लागेका । पाकेको खाना मुखमा कपडा राखेर उचालेका ।
उसले सोध्यो ।
“तपाईलाई यो खानेकुरा पकाउन गाह्राे हुदैन ?”
“हेर बाबु खाना त खानै पर्य नत्र बाँचिन्न । अब त हामीलाई खाना पकाएर खान केही गाह्रो छैन ।”
“तपाईलाई आफ्नो जीवन कति बोझ लाग्दो होला है ?”
“आहा ! यस्तो राम्रो जिन्दगी के को बोझ हुनु । बरू तिमी जस्ताको जीवन बोझिलो छ । सरीरका सबै कुरा भएर पनि अपाङ्ग सरी छन् कति ।”
ऊ त्यो कोठामा जाउँ भन्दै उसले कोठा देखायो ।
ऊ त्यहाँ गयो । त्यहाँ त झन् हृदय विदारक दृश्य । सबै गुडुल्के सर शरीर भएका । न हातले काम गर्छ न खुट्टाले । सुती सुती खानेकुरा खाइ रहेका । उसले आँट गरेर सोध्यो ।
“कति बोझ छ है तपाईहरूको जीवन ?”
उनीहरूले खुशी हुँदै भने ।
“हामी यो जीवन पाएर खुशी छौ । बरु मलाई सपाङ्ग भएर पनि केही गर्न न सक्ने प्रति दया लाग्छ । “
छोरोको पूरै मन परिवर्तन भयो ।
उसले सोच्यो ।
यस्तो सार्थक जीवन पाएर पनि बाबु आमा माथि चित्त दुखाउनु हामी नै नामर्द हौ । उसले आमा तिर हेर्दै भन्यो ।
“आमा यो जीवन त कति अमूल्य रहेछ तर जीवनलाई चिन्न न सक्नु नै हाम्रो महाभूल रहेछ ।”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ