काठमाडौं । राजेश हमालको आत्मकथा सार्वजनिक हुने भएको छ । पत्रकार तथा लेखक यज्ञशसँगको सहकार्यमा हमालले आत्मकथा ‘युगदेखि युगसम्म: जीवन, सिनेमा र समाज’ आउन लागेको छ ।
फाइनप्रिन्ट प्रकाशनका निर्देशक निरज भारीले हमालको पुस्तकको कभर सार्वजनिक गर्दै लेखेका छन्, ‘बहुप्रतीक्षित एवम् महत्त्वपूर्ण साहित्यिक घटनामध्ये एक– महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ (यज्ञशसँगको सहकार्यमा) प्रकाशनको घोषणा गर्न पाउँदा म खुशी छु ।’
पुस्तक छुट्टै पाठकको हातमा पुग्ने बताइएको छ । आज हमाल ६१ वर्ष पुगेको उपलक्षमा आत्मकथाको घोषणा गरिएको हो ।