Nepal Viral
जुन 14, 2025

साम्राज्यवादी पासाेमा अट्किएकाे “बुर्किना फासोलाई विकासको पथमा लैजादैं इब्राहीम ट्राओरे

बुर्किना फासाे केही समयअघि पश्चिमा राष्ट्रहरुकाे राजनीति गाेटी थियो । गरिबी , भ्रष्टाचार , गृहयुद्ध ,वैदेशिक हस्ताक्षेप लगायतका समस्याबाट ग्रसित थियो । भलै बुर्किना फासाेसँग प्राकृतिक धन थियो । मनग्गे बहुमुल्य धातुका खानी थिए । तर आन्तरिक र बाहिरी चलखेलले खानी अरुका लागि , विशेषगरी साम्राज्यवादी शक्तिको अधिनमा थिए । जनता राष्ट्रकाे समस्या देखेर आजित थिए । तर अवसरवादी पश्चिमाहरु भने हर्षले गदगद थिए। यहीँ बिच वर्षाैकाे विकराल अवस्थालाई चिर्दै , बुर्किना फासाेकाे रुपान्तरणकाे लागि सत्ताको बागडोर सम्हाल्न पुगे ३७ वर्षीय इब्राहीम ट्राओरे ।

ट्राओरे सत्तामा आउनुअघि देशमा सधै गृहयुद्ध र अशान्त भइरहन्थ्यो । राष्ट्रकाे विकराल अवस्था देखेर उनले सन् २०२२ मा सैनिक शासन लागू गरिदिए । सेनाको मेजर पदमा रहेर उनको याेजना मान्न ,सेनाका परमाधिपति स्वीकार्न तयार भए । उनी राष्ट्रपति भएपछि देशको सुन खानी, हिरा खानी कब्जा गरेर बसेका फ्रान्सका सेना र पश्चिमा निजी कम्पनीहरुलाई हटाएर राष्ट्रियकरण गरे। देश कङ्गाल बनाउने भ्रष्टाचारीहरुलाई वर्खास्त गरी कडा कारवाही गर्न थाले । सुन खानीमा लगानी गर्ने एलन मक्सको प्रस्तावलाई अस्वीकार गरेर आफै उत्खनन गरे ।
उनले विदेशी मुद्रा काेषको ऋण पनि चाहिंदैन भने । साउदी अरबले २०० मस्जिद बनाइदिन्छु भन्दा सक्नु हुन्छ भने स्कूल र हस्पिटल खोल्न सहयोग गर्नुहोस् हामीलाई मस्जिदको आवश्यकता छैन भने । उनी आफै मुस्लिम र मुस्लिम देशका राष्ट्रपति हुन ।
उनी सत्तामा आएपछी त्यहाँको जिडिप गुणात्मक रुपमा बढेको छ । कृषि , उद्योग र निर्माण क्षेत्रमा उल्लेख्य विकास हुँदै गइरहेको छ ।अहिले उनलाई बुर्किना फासोमा मात्रै हैन सारा अफ्रिकी मुलुकका जनताहरूले आफ्नो नेता मान्छन्,जनताले बाटोमा फोटो मात्रै देखें पनि ढोग्छन् । त्यहाँका जनता आफ्नो राष्ट्रपतिलाई जोगाउन राष्ट्रपति कार्यालय अगाडी आएर रातभरी नसुतिकन सुरक्षा दिन्छन् किनभने त्यहाँ पहिले नै २०भन्दा बढी राष्ट्रप्रमुखहरुको पदमा छदै हत्या भइसकेको छ । उनको इमान्दारिता र देशप्रतिको बफादारिताले हाल उनी विश्वभर चर्चामा रहेका छन् जसलाई रुसका राष्ट्रपति पुटिनले सलाम गरे, चीनिया राष्ट्रपति सी जिन पिङले विश्वको उदाउँदो युवा नेता हुन भने , उत्तर कोरियाली राष्ट्रपति किम जोङले तपाईं र तपाईको देशको सुरक्षा सहयोगका लागि म सैनिक सहयोग गर्छु भनेर प्रतिबद्धता गरे।

उनी अहिले ३७ वर्षका भए । तर ट्राओरे ३४ वर्षको उमेरमै राष्ट्रपति बनेका थिए ।देशमा हिंसा ,अशान्ति देख्न नसकेर सैनिक कु गरिदिए । उनले मास्टर्सको पढाई सकेर सैनिक अधिकृत बन्न सफल भएका थिए ।उनी अहिले पनि मेजरको हैसियतको तलबमा काम गर्छन् ।उनले जुनसुकै अन्तर्राष्ट्रिय सम्मेलन , भ्रमणमा समेत सैनिक कै पोसाकमा हुन्छन् ।
(एजन्सीकाे सहयोगमा सम्पादित अंश )

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ