Nepal Viral
जुन 14, 2025

बद्री पुत्री बिहानीकाे अनेरास्ववियु राजनीतिमा इन्ट्री

काठमाडौं । गायक बद्री पँगेनीकी छोरी विहानीको परिचय अब म्युजिक भिडियो मोडलको रुपमा मात्र रहेन । उनले विद्यार्थी राजनीतिमा प्रवेश गरेकी छन् ।

उनी अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । विश्वविद्यालयको महिला क्लस्टरबाट पँगेनी निविरोध निर्वाचित भएकी हुन् ।

कानूनकी विद्यार्थी समेत रहेकी विहानीले हालै बुवा बद्री पँगेनीको गीत ‘कन्याराशी’बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ