काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई हिलटन हाेटलभित्र देउवा परिवारको लगानी उपर रिपोर्ट प्रसारण गर्दा उनीमाथि पक्राउ पुर्जी जारी गरिएको छ । पक्राउ पुर्जी घटनाले पाठक चर्चामा थिए । देउवा परिवारको उक्त कदमलाई धेरैले लाेकतन्त्र विरोधी भनेका छन् । पाठक पक्राउ घटनाको केही समयपछि पुनः पाठक परिवार चर्चामा छ । यसपटक दिलभूषण नभई उनकी छोरी वाणीभूषण पाठकमा चर्चामा छिन् ।
सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भएको छ । युलेन्स स्कुलमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणासँग हात नमिलाएको भिडियो सामाजिक सञ्जालमा यत्रतत्र छरिएको छ । भिडियोमा आर्जु राणाले हात मिलाउन अगाडि सार्छिन् तर वाणीभूषण पाठक उनीसँग हात नमिलाई अलिक परतिर अर्को जनासँग हात मिलाएर निस्किन्छिन् । यहीँ घटनालाई लिएर सामाजमा विभिन्न टिकाटिप्णी चलेको छ । कतिपयले वाणीकाे उक्त कार्यलाई ठिक भनेका छन् ।