Nepal Viral
जुन 17, 2025

नेपालले जितका लागि नेदरल्यान्ड्सबाट १ सय ५३ रनको लक्ष्य पायाे

काठमाडौं । स्कटल्यान्डमा जारी टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालले जितका लागि नेदरल्यान्ड्सबाट १ सय ५३ रनको लक्ष्य पाएको छ। 

स्कटल्यान्डको टिटवुडको ग्लासगोमा नेपाली टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५२ रनको योगफल तयार पारेको हो। 

तेजा निडामानुरुले बनाएको ३५ रन नै डच टोलीका लागि सर्वाधिक रह्यो। उनले ३७ बलमा १ छक्का सहयोगमा ३५ रन बनाउँदा नन्दन यादवको बलमा बोल्ड आउट भए। सकिव जुल्फिकरले २५ रनमा अविजित रहे। विक्रम जित सिंहले बनाएको ३० रन थपे। उनले २९ बलमा २ छक्का प्रहार गरे। 

ओपनर माइकल लेभिट २० रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भए। अर्का ओपनर म्याक्स ओ डाउड १९ रन बनाउँदा ललित राजवंशीको बलमा करण केसीको हातबाट क्याच आउट हुन पुगे। 

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए। उनले आफ्नो स्पेलमा १८ रन खर्चे। नन्दन यादवले २ विकेट झारे। ललित राजवंशी र कुशल भुर्तेलले समान एक विकेट आफ्नो नाममा गरे। 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ