Nepal Viral
जुन 17, 2025

सुसाइड नाेटसहित सम्पर्क विच्छेद गरेका डा. केशव श्रेष्ठ बालाजुमा भेटिए

काठमाडौँ —रामेछाप अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. केशव श्रेष्ठ बालाजुमा भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार केही बेरअघि उनी बालाजुमा भेटिएका हुन् । 

परिसरका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार श्रेष्ठलाई परिवारको जिम्मा लगाइँदैछ । डा. श्रेष्ठ सोमबार बिहान सामाजिक सञ्जालमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन बनेका थिए । आफूमाथि अन्याय गरिएको भन्दै उनले फेसबुकमा गुनासो व्यक्त गरेका छन् ।

२५ महिनाअघि रामेछाप अस्पतालमा सरुवा भएर आएका श्रेष्ठले १८ महिनादेखि अस्पतालको निमित्त प्रमुख भएर काम गरिरहेका थिए । बागमती प्रदेशको लोकसेवा आयोगबाट नाम निकालेर रामेछाप आएका उनले १८ महिनामा अस्पताललाई १५ शय्याबाट ५० मा स्तरोन्नति गराएका थिए । राजनीतिक हस्तक्षेप र कर्मचारीको असहयोगले आफूलाई पीडाबोध गराएको उनले उल्लेख गरेका छन् ।

सिस्टममा नबसेका कर्मचारीलाई कारबाही थालेपछि आफूमाथि अभद्र व्यवहार र हात हाल्नेसम्मको काम भएको पनि उनले लेखेका छन् । अस्पतालमा भइरहेको सबै गतिविधि मन्त्रायलाई जानकारी गराए पनि उल्टै आफूलाई अन्याय गरेको उनले उल्लेख गरेका छन् ।

उनकै कार्यकालमा रामेछाप अस्पताल बागमती प्रदेशको दोसो उत्कृष्ट अस्पताल बन्न सफल भएको थियो । यस्तै उनले हरेक महिना राजधानीबाट ५ जना विशेषज्ञ चिकित्सक ल्याएर स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका थिए । अस्पताललाई आफ्नो कार्यकालमा बेरुजु शून्य पारेर उनले पारदर्शिता देखाएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ