Nepal Viral
जुन 17, 2025

गृहले गर्याे १० जिल्लाका सिडियाे हेरफेर


काठमाडौं । गृह मन्त्रालयले १० प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाट गोरखा, डडेल्धुरा, इलाम, भोजपुर सल्यान, रोल्पा, बैतडीलगायतका जिल्लामा सिडिओ सरुवा गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय गोरखामा सहसचिव रामुराज कडरिया सरुवा भएका छन् । गृह मन्त्रालयमा कार्यरत उनी त्यहाँ पदस्थापन भएका हुन् । कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीलाई सिडिओ बनाएर भोजपुर पठाईएको छ । 

गुल्मीका सिडिओ जनार्दन गौतम डडेल्धुरा सरुवा हुँदा गृहमा कार्यरत सुनिता नेपालको जिप्रका इलाम पदस्थापन भएको छ । सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा र रोल्पामा बासुदेव दाहाललाई पदस्थापन गरिएको छ । तीनैजना मन्त्रालयमा कार्यरत थिए । 

त्यस्तै, अध्यागमन कार्यालय, भैरहवाका दिनेश सागर भुसाललाई सिन्धुली र गृहमा दरबन्दी रहेका बुद्धबहादुर गुरुङलाई डोटीको सिडिओ बनाएर पठाइएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा पुण्यविक्रम पौडेल पुगेका छन्

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ