Nepal Viral
जुन 18, 2025

एमाले नेता बस्नेतकाे धरानका मेयरमाथि कडा प्रहार

काठमाडौं । एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जालमा धरानका मेयरकाे गतिविधिमाथि टिप्पणी गरेका छन् । उनी लेख्छन् “जब हर्क साम्पाङले श्रमदानमार्फत गरिएको कामको नक्कली भर्पाई देखाएर डोर हाजिरी देखाएर भुक्तानी लिन खोजे, तब उपप्रमुखले रोक लगाए। अनि सुरु भयो श्रमदानको नाममा श्रम शोषण र भ्रष्टाचारको पर्दाफास! अनि सुरु भयो गालीगलौज नाराबाजी र झडप।

मैले डेढ वर्षअघि नै भनेको थिएँ ,हर्क साम्पाङको ‘श्रमदान’ जनतालाई झुक्याउने ढोँग हो। पालिकाबाट डोर हाजिरी गरेर पैसा असुल्ने कमाउ धन्दा हो। तर उल्टै गाली खेपें। आज सबै पर्दाफास भएको छ ।

पपुलिस्टहरूको पाखण्ड च्यातिदैछ। यो तीन बर्ष श्रमदानको नाममा धरानका जनताको आँखामा छारो हाल्दै ब्राण्ड बेच्ने व्यापार मात्र चल्यो। न श्रम प्रतिको इमान, न पारदर्शिताप्रति सम्मान। जनभावनाको सौदा गरेर नक्कली लोकप्रियता बटुल्ने यिनीहरुको असली रुप अब देखिँदैछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ