Nepal Viral
अक्टोबर 25, 2025

इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज खेलाडी डियाेगाे जाेटाकाे निधन

काठमाडौं । इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएको खबर आएको छ। स्पेनको जमोरा प्रान्तमा भएको सो दुर्घटनामा जोटाको ज्यान गएको समाचार संस्था मार्काले जनाएको छ ।

२८ वर्षीय जोटा पोर्चुगलका राष्ट्रिय खेलाडी समेत हुन् र इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्दै आएका थिए। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहे पनि प्रारम्भिक जानकारीअनुसार गाडी अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ।

कारमा उनी उनका भाइसँगै थिए । दुवैको निधन भएको छ । रिपोर्टअनुसार कार दुर्घटनापछि आगो लागेको थियो । जोटाको केही दिनअघि मात्र विवाह भएको थियो ।फुटबल जगतमा यो खबरले गहिरो शोक छाएको छ।

26 thoughts on “इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज खेलाडी डियाेगाे जाेटाकाे निधन”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ