Nepal Viral
अक्टोबर 26, 2025

भारतमा लडाकु विमान दुर्घटना : दुई जनाको शव भेटियाे


काठमाडौं : भारतको राजस्थानस्थित चुरु जिल्लाको रतनगढ क्षेत्रको भानुदा गाउँमा बुधबार सैन्य विमान दुर्घटनाग्रस्त भएको छ। घटनास्थलबाट २ जनाको शव निकालिएको छ। 

घटना लगत्तै प्रहरी र प्रशासनको टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो। गाउँलेहरूबाट प्राप्त जानकारी अनुसार आकाशमा ठुलो आवाज आएपछि खेतमा आगोको ज्वाला फैलिएको थियो। 

दुर्घटनाग्रस्त विमान भारतीय वायुसेनाको जगुआर हो। शव पहिचान गर्ने प्रक्रिया सेना र स्थानीय प्रशासनले गरिरहेको छ।