टि ट्वान्टी विश्वकप छनोट – नेपाल र कुवेत एकै समूहमा

काठमाडौं ।टि ट्वान्टी एसियाली तथा पुर्वी एसियाली क्षेत्रीय छनोटमा नेपाल र कुवेत एकै समूहमा परेका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीबार जारी गरेको समूह विभाजनमा नेपाल र कुवेत एकै समूहमा रहेका हुन् । प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ ।

समूह बि मा नेपाल र कुवेतको अलावा जापान पनि रहेको छ । समूह ए मा युएई, मलेसिया र कतार तथा समूह सी मा ओमान, पपुवा न्यु गिनी र समओ रहेका छन् ।

हरेक समूहका शीर्ष २ टोली सुपर सिक्समा प्रवेश गर्दछन् । भने, सुपर सिक्सका शीर्ष ३ टोलीले विश्वकपमा स्थान बनाउने छन् । विश्वकप एसिया तथा पुर्वी एसिया छनोट अक्टोवर १० देखि १७ सम्म आयोजना हुनेछ ।

आइसिसीका अनुसार समूह चरणको खेल ८ देखि १० अक्टोवर सम्म तथा सुपर सिक्सको खेल १२ देखि १७ अक्टोवरसम्म आयोजना हुनेछ ।

One thought on “टि ट्वान्टी विश्वकप छनोट – नेपाल र कुवेत एकै समूहमा”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ