Nepal Viral
जुलाई 27, 2025

दलित विकास प्राधिकरण स्थापना गर्ने क्रान्तिकारी सोचको हत्या गरियो : प्रचण्ड

काठमाडौँ —  प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकार सम्पन्न दलित विकास प्राधिकरण स्थापना गर्ने क्रान्तिकारी सोचको हत्या गरिएको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष सम्बोधन गर्दै उनले दलित समुदायमाथी अहिलेको सरकारले बजेटमै छुवाछुत गरेको गम्भिर आरोप लगाउँदै बजेटमार्फत दलित समुदायमाथि राज्यले विभेद गरेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, दलित समुदायमाथि बजेटमै छुवाछुत गरियो । अधिकारसम्पन्न दलित विकास प्राधिकरण स्थापना गर्ने क्रान्तिकारी सोचको हत्या गरियो । समाजमा मात्र होइन, तपाईंहरूको बजेटमै दलितमाथि विभेद देखिन्छ ।’

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ