Nepal Viral
जुलाई 29, 2025

भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन गरेका छन् । 

भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३ औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले निरोगी नेपालको नाराका साथ काम गरेकोले सकभर बिरामी नहुने गरी आहार, बिहार र आराममा ध्यान दिने र बिरामी भइहालेमा गुणस्तरीय र सुलभ रुपमा सेवा दिनुपर्ने बताए । 

उनले दुःख गरेर धन कमाएर सामाजिक काममा दान गर्ने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ  र सावित्री गुरुङको प्रशंसा समेत गरे । करिब नौ करोड रुपैयाँमा गुरुङले अस्पतालको उक्त भवन निर्माण गरेर हस्तान्तरण गरेका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ