मिम बहादुर परियार
प्रत्येक महिना
प्रत्येक महिलाको महिमा
लाल सागरबाट बग्ने पवित्र जल
यस धर्तीमा बग्छ , पीडा दिएर
केही दिन रङ्गगाउँछ
संसारलाई भुलाउँछ
याे पृथ्वी सजाउँछ
थुप्रै रहर र कहरसहित ।
लाल सागरभित्रकाे रजस्वला
प्राकृतिक लाल ज्वाँला
वसन्त ऋतुकाे गर्भकाे गर्व हाे
जननी स्वच्छताकाे प्रतीक हाे ।
रजस्वलाकाे बन्दकाे छन्दले
याे पृथ्वीलाई नवीन उपहार दिन्छ
उत्साह दिन्छ, उर्जा दिन्छ
एउटा अमुल्य संभावना दिन्छ ।
छाउकाे लाल सागरभित्र
छाउकाे आलाे घाउभित्र
नाै महिना नबसेको
पैडिएर जीवन दर्शन नगरेको
रजस्वलाका लाल टीका नलगाएकाे
त्यो लाल जीवनकाे रसास्वादन नगरेको
मानव काे हाेला र ?
तर पापी मान्छे
नदी पहाडलाई पुज्ने मान्छे
मुसा भ्यागुतालाई मान्ने मान्छे
अक्सर तिमीलाई सार्न खाेज्छ
पर छाउगाेठमा , भान्सा मन्दिरमा
नचल्ने नमिल्ने कहलाउँछ
झुक्न लुक्न चुपचाप बस्न लगाउँछ
केही रात चिसो चखाउँछ
भन्छ कुल रिसाउँछ; अबुझ मान्छे ।
ऐ पापी दुष्ट हाे
तिम्रो पहिलो जीवनजल
तिम्रो पहिलो प्रवेशद्वार
त्यहीँ रगत बगेको बाटाे हाे
तिम्रो जन्म त्यहीँ रगतका थाेपा
एक भएर हाे
हामी मानव बनेको त्यसैबाट हाे
अब के गर्छाैं ?
कति बार्छाैं सार्छाै ।
कति ढाेङ्ग देखाउँछाैं
कतिको मृत्यु हेर्छाैं
कति बालकलाई अनाथ बनाउँछाैं
गाेठका सर्प र घरका कुल सर्प
कति पाल्छाैं ,
निर्दाेषकाे लास कति फाल्छाैं ?
तिम्रो नशा नशामा त्यहीँ रगत बगेको छ
सारा संसारले देखेको छ ।
कति लुकाउन खाेज्छाैं
कति झुकाउन खाेज्छाैं
आफ्नै आमा दिदीबहिनी र छाेरी
अब देखाउ , दियाेले सजाउ
अकालबाट आमा चेली जगाउ बचाउ ।
रजस्वलाका आला घाउँका टाटा
हाम्रा टाटा , सृष्टिका टाटा
सृजना र सभ्यताका राता टाटा
लाल सागरका टाटा
छाउलाई पर हाेइन पूजा गर
छाउ छाउगाेठमा हाेइन मस्तिष्कमा राख
मनमा राख , मन्दिरमा राख
पर हाेइन पवित्र मान !
u9v8wc
wkw7ja
swcqck