देबाेरा
पहिले जातकै कारण पन्छायाैं
अहिले धर्मकै कारण पाखा लगायाैं
तिमी गलत छैनौं साथी ,
गलत तिम्रो साँघुरो सोचको हो,
कथित तिम्रो सस्कारको हो
त्यसले सिकाएको व्यबहारको हो !
म मानवरुपी जीवन जिउन चाहन्छु
तिम्रो साथ र हात माग्छु
म त तिम्रो उहीँ साथी गोठाला र कक्षाकोठाको
मलाई थाहा छ तिम्रो काेमल मन र तन
प्रिय न झुक्याउनु देखाएर तिम्रो दानवीरुप ।
कहिलेकाहीं तिमीसँग त्यही वालापनमा फर्कनु मनलाग्छ
जहाँ हामी साथै थियौ, अचेत थियौं
सायद तिमीलाई समाजले सिकायाे हाेला
विभेद गर्न , ठुलाे हुन
त्यो दिनदेखि बस् तिम्रो नजरमा सानै हुँदै गए ।
दिन बित्दै गए रात कट्दै गए
तिमीले पढेका किताब मैले पनि पढे
तिमीले हेरेको संस्कार मैले पनि हेरे
अब कहाँ उस्तै हुनु प्यारा
तिमी आकाशकाे जुन भयौं , म धर्तीकाे धुलाे ।
बेलाबेला तिम्रा किताबभित्रका शब्द पढ्छु
र आफैंले आफूलाई प्रश्न गर्छु र धिकार्छु
कुनामा काेचिएर माैन बस्छु
याे संसारलाई प्रतिप्रश्न गर्छु ।
ऐ समाज भत्काइ दे यी विभेदका पर्खाल
बनाइदे उहीँ पुरानै माहोल जहाँ हामी अचेत सही
सबै ठिक थियो , मिठो थियाे र साथ थियो ।