काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आवद्ध भएकी छिन् । वेलिंगटन न्युजिल्यान्डकाे क्लब भएपनि अस्ट्रेलियन शीर्ष लिग खेल्ने गरेको छ । फ्रेन्च क्लब एन अभान्ट ग्वेंगाम्पबाट २ सिजन खेलेपछि साम्बाले अष्ट्रेलियाको लिगमा खेल्ने निर्णय लिएकी हुन् ।