काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध सानदार जित निकालेको छ। शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानमाथि ८-० गोलको जित निकालेको हो।
यसअघि भुटानसँगको पहिलो खेलमा नेपाल ६-१ ले विजयी भएको थियो। आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ।
नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ। दुवै खेलमा नेपाल ७-० गोलले विजयी भएको थियो। आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा ३-२ गोलले हारेको थियो। नेपालले खेलपछि सोमबार बंगलादेशसँग खेल्नेछ।
नेपालले ६ खेलबाट १२ अंक बटुलेको छ । ३ खेल खेलेको घरेलु बंगलादेशको ९ अंक छ ।लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।


Some truly nice and utilitarian info on this site, besides I conceive the design and style has got superb features.
47408 679707A blog like yours need to be earning a lot cash from adsense.~::- 649868