Nepal Viral
जुलाई 25, 2025

समता बुक्सका दुई प्रकाशन ,कारागारमा दलित र दलित मानव-अधिकार, २०८१ काे विमाेचन

काठमाडौं । बाैद्विक गैसस समता फाउन्डेसनले काठमाडौंमा आयाेजित जात, लैंगिकता र यौनिकता (सिजिएम) सम्बन्धी राष्ट्रिय परामर्श कार्यक्रममा आफ्ना पछिल्ला दुई प्रकाशन कारागारमा दलित र दलित मानव-अधिकार, २०८१ विमाेचन गरेको छ ।

बिहीबार राजधानीको नयाँ बानेश्वरमा आयाेजित कार्यक्रममा  महिला तथा बालबालिकामन्त्री नवलकिशोर साह सुडीको प्रमुख आतिथ्यता र फाउन्डेसनका अध्यक्ष डा मदन परियारको सभाध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कारागारमा दलित शाेध पुस्तक हाे , जसले दलितहरु कसरी कारागारमा जान बाध्य छन् भन्ने कुराकाे उजागर गरेको छ । त्यस्तै वर्षभर नेपालमा दलितमाथि कस्ताकस्ता किसिमका घटना घटेका छन् भन्ने कुराकाे व्याख्या विश्लेषण दलित मानव अधिकार पुस्तकले प्रत्येक वर्ष प्रकाशन हुँदै आएको छ। कार्यक्रममा पत्रकार , लेखक, राजनीतिकर्मी , अधिकारकर्मीकाे बाक्लो उपस्थिति रहेको थियो ।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ