काठमाडौं । नक्कली दूतावास सञ्चालन गरी बसेको आरोपमा भारतमा एक व्यक्ति पक्राउ परेका छन्।
उत्तर प्रदेशको स्पेशल टास्क फोर्सको नोएडा युनिटले जुलाइ २२ (मंगलबार) एउटा नक्कली दूतावास सञ्चालन गरिरहेको घरमा छापा मारेको हो।
भारतीय सञ्चार द ललनटपका अनुसार छापा मारी टास्क फोर्सले हर्षवर्धन जैनलाई पक्राउ गरेको हो। त्यसघरको पार्किङबाट कूटनीतिक नम्बर प्लेट राखिएका गाडीहरू पनि बरामद भएका थिए।
कतिपय देशका पासपोर्ट, विदेश मन्त्रालयका दस्तावेज, पेनड्राइभ, कम्पनीका छाप, प्रेस कार्ड पनि बरामद भएको उक्त समाचारमा उल्लेख छ।
प्रहरीले ४४ लाख ७० हजार भारतीय नगद पनि बरामद गरेको थियो। त्यसबाहेक केही विदेशी मुद्रा समेत बरामद भएका थिए।
हर्षवर्दनले वेस्ट आर्कटिका, सेबोर्गा, पौल्विया, लोडोनिया भन्ने ठेगानाका अधिकारी बताउँदै दूतावास सञ्चालन गरिरहेका थिए।
उनले आफै देशको नाम राखेर त्यस देशको कूटनीतिज्ञ भएको बताउँदै आएको पनि प्रहरीको अनुसन्धानमा खुलेको हो।
मानिसलाई भ्रममा पार्न प्रधानमन्त्री, राष्ट्रपति लगायत व्यक्तिसँग तस्बिर जोडेर देखाउने गरेक थिए। यस्ता तस्बिर उनले आफ्नो सामाजिक सञ्जालमा समेत राख्ने गरेका थिए।
अहिले उनीविरूद्ध एफआईआर दर्ता गरी अनुसन्धान अघि बढाएको छ।


882897 89841Spot up for this write-up, I really believe this web website requirements a fantastic deal more consideration. Ill likely to finish up once more to read a good deal a lot more, numerous thanks for that information. 133108