Nepal Viral
जुलाई 25, 2025

नेपाली कलाकार आमाजुमी र अमृतले कृतिम अन्तरिक्षकाे बसाइँ अनुभव  बिएनाले २०२५  ‘ए स्टडी इन आइसोलेसन’ को प्रिमियरमा ऐतिहासिक  प्रस्तुति दिने

भेनिस ।   कला र विज्ञानकाे संयाेजन परियोजना, “ए स्टडी इन आइसोलेसन,” भेनिस वास्तुकला बिएनालेमा जुलाई २६, २०२५ मा प्रिमियर हुने भएको छ। यसले  एनालग अन्तरिक्ष परियोजनालाई प्रत्यक्षरुपमा  प्रदर्शन गरी  शृङ्खलाबद्व तवरबाट  मनोवैज्ञानिक , काल्पनिक वास्तुकला,  अन्तरिक्षकाे बसाइँ अनुभव  मानव जीवनको  लागि केकस्ता रहेको छ भन्ने बारे अन्वेषण गर्नेछ। यस परियोजनाको मुख्य लक्ष्य अन्तरिक्ष अन्वेषणको बहसमा विविध विश्वव्यापी आवाजहरूलाई एकीकृत  गर्नु र परम्परागत पश्चिमी-केन्द्रित कलालाई चुनौती दिनु हुनेछ ।

सर्जक यान स्वेरकाैभस्की (इन्स्टिट्युट बी६१) ले नेपालका कलाकार अमृत कार्की, आमाजुमी, र लुनेरेस रिसर्च सेन्टरसँगको सहकार्यमा परिकल्पना गरेको “ए स्टडी इन आइसोलेसन” पोल्याण्डको पिलामा रहेको लुनेरेस एनालगमा गरिएको कृत्रिम काल्पनिक अन्तरिक्ष बसाइँ अनुभवबाट प्रेरित हुनेछ ।

कलाकार आमाजुमी र अमृत कार्कीले अध्ययन अनुभवका निम्ति केही समय काल्पनिक कृत्रिम अन्तरिक्षमा  गुप्तवास जीवन बिताएका थिए । उक्त गुप्तावासमा बस्दा  समय, विचार र शरीरलाई कसरी परिवर्तन भयो  भन्ने कुराको परीक्षण गर्न आगामी कार्यक्रममा  आमाजुमी र अमृतले कलात्मक प्रस्तुति प्रदर्शनीमा देखाउने छन् । 


भेनिसमा, कलाकारहरुले आफ्ना अन्तरिक्ष  अनुभवहरू मार्मिक ढङ्गले  प्रदर्शनीमा प्रस्तुत गर्नेछन् । नेपाली मुलकी याक्थुङ आदिवासी कलाकार आमाजुमीले “अगेन्स्ट द डाइङ अफ द लाइट” नामक २० मिनेटको प्रस्तुति दिनेछिन्, जसमा उनले  अन्तरिक्षमा आफूले आभास गरेका अनुभवलाई  काव्यिक शैलीमा प्रस्तुत गर्नेछिन् ।  कलाकार आमाजुमीकाे लागि  यो एक ऐतिहासिक क्षण हुनेछ ।  किनकि उनी एनालग अन्तरिक्ष कार्यक्रममा  भाग लिने पहिलो याक्थुङ आदिवासी कलाकार भएकी छन् । अमृत कार्कीले पनि आफ्नो अनुभवलाई  पफर्मेन्स कलाकाे  माध्यमबाट अन्तरिक्षकाे बसाइँ  अनुभवहरू कार्यक्रममा  साझा गर्नेछन्।
जुलाई २६, २०२५ मा साँझ ५–७ बजे द युनिभर्स पभिलियन (कन्नारेचाे ५०६३, ३०१२१ भेनिस) मा हुने प्रिमियर कार्यक्रममा प्रदर्शनकाे अलावा लेसेक ओजाेकाेस्की, अन्तरिक्ष उद्यमी काेलाेडिया क्यासल, अमृत कार्की र आमाजुमी, र यान स्वेरभाैस्कीसहितको सार्वजनिक छलफलमा समेत  सहभागिता जनाउने छन् ।


“ए स्टडी इन आइसोलेसन” ले एक्लाेपनलाई काल्पनिक  शक्तिको रूपमा परिभाषित गर्नेछ । जसले भविष्यमा संसारभर निर्माण हुने   विविध कलालाई स्थान दिनेछ  । भेनिसपछि, इन्स्टिट्युट बी६१ द्वारा निर्मित यो परियोजनाले समावेशीकरण, अन्तरिक्षको भविष्य, र कला तथा विज्ञानमा उपनिवेशवादपछिका कथाहरूकाे संवादलाई निरन्तरता दिनेछ । निकट भविष्यमा  नेपालमा पनि यस्ता  संस्करणहरू  आयोजना हुनेछन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ