काठमाण्डाै – सरकारले मधेश प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद्काे बैठकले मधेश प्रदेशका आठ वटै जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवले जानकारी दिनुभयो ।
यसअघि असार २६ गते बसेको मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले समेत प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको थियो । पानी नपरेकोले प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेकोमा सङ्घीय सरकारले पनि पानी अभावकै कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
पानी कम परेकोले सिँचाइ अभाव भएको, भूमिगत पानी र पानीका मुहान सुकेको लगायतका कारण खानेपानी र सिँचाइका लागि पानीको चरम अभाव भएपछि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको मन्त्री यादवको भनाइ छ ।
मधेश प्रदेश सरकारले हिजो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय सरकार समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । मधेश प्रदेश सरकारबाट पनि निर्णय भएर आएको हुँदा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक भएको रहेको गृह मन्त्रालयले जनाएको छ ।
मधेश प्रदेशमा पानी कम परेकोले साउनको पहिलो हप्तासम्म आधा रोपाइँ पनि भएको छैन ।


159207 202224Extremely efficiently written story. It is going to be helpful to anybody who employess it, including me. Maintain up the great work – canr wait to read a lot more posts. 824610
451390 705437I like this post, enjoyed this one appreciate it for putting up. 813463
711263 262315I like you blog (dsol, je suis francais, je parle mal anglais) 50986