काठमाडौं । बार्सिलोनाका पूर्व मिडफिल्डर तथा प्रशिक्षक जाभी हर्नान्डेजले भारतीय पुरुष राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक बन्नलाई दिएको आवेदन अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) ले अस्विकार गरेको खबर बाहिरिएको छ । जाभीको स्तरको प्रशिक्षक नियुक्त गर्दा आर्थिक भार धेरै हुने भएकाले भारतीय फुटबल नेतृत्व पछि हटेको बताइएको छ ।