काठमाडौं । नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने ‘गुँला पर्व’ आजबाट सुरु भएको छ । वर्षभरी दिवंगत भएका आफन्तहरुको राम्रो होस् (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गरेर यो पर्व मनाउने प्रचलन रहेको छ ।
नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिना भन्ने हुन्छ । नेपाल संवतको नवौं महिनामा पर्ने सो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीहरु विभिन्न परम्परागत र मौलिक बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गर्छन् । पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो।
आजबाट सुरु भएको ‘गुँला पर्व’को अवसरमा स्वयम्भूमा मेला लागेको छ । पर्वको अवसरमा विशेष गरी नौँ बाजा बजाउने प्रचलन रहेता पनि पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । यो पर्व एक महिनासम्म बुद्धको विशेष पूजा आराधना गरेर मनाउने गरिन्छ ।


834736 547459Nice read, I just passed this onto a colleague who was performing slightly research on that. And he just bought me lunch since I identified it for him smile So let me rephrase that: Thank you for lunch! 172593
414418 280467excellent post. Neer knew this, thanks for letting me know. 898157
44566 139074Watch the strategies presented continue reading to discover and just listen how to carry out this remarkable like you organize your company at the moment. educational 925349
215724 139361I enjoy your writing type, do keep on writing! Ill be back! 661606