काठमाडौं । थाइल्यान्ड र कम्बोडियाबीच पाँ दिनसम्म चलेको झडपपछि थाइल्यान्ड र कम्बोडिया सोमबार “बिना शर्त” युद्धविराममा सहमत भएका छन्। मलेसियाको मध्यस्थतामा भएको वार्तापछि युद्धविराम आज मध्यरातदेखि लागु हुनेछ। जंगलले ढाकिएको सीमावर्ती क्षेत्रमा भएको उक्त भिडन्तमा कम्तीमा ३६ जनाको मृत्यु भएको थियो ।