Nepal Viral
जुलाई 29, 2025

नेपालबाट चीनमा सजिलै भैंसीको मासु निर्यात हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजबाट नेपालबाट चीनतर्फ भैसींकाे मासु निर्यात हुने ,त्यसको लागि सिन्धुलीमा बीस अर्ब लागतमा मासु प्रशाेधन केन्द्र निर्माण हुने कुरा उल्लेख गरेका छन् । प्रधानमन्त्रीकाे फेसबुब स्टाटस यस्तो छ ।

“गत मंसीरमा मेरो चीन भ्रमणमा भएको सम्झौता अनुसार चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मारिण -४ सिन्धुलीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ। उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको) उत्पादन गर्ने छ।
यस उद्योगले पाँच हजार एक सय ५६ जनालाई रोजगारी दिनेछ भने वार्षिक करिब डेढ खर्ब रुपैयाँको मासु चीन निर्यात गर्नेछ । निर्यात र रोजगारी सिर्जनाका लागि यो महत्त्वपूर्ण हुनेछ”।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ