काठमाडौं । बाैद्विक संस्था समता फाउन्डेसनले बागमती प्रदेशका २०सीमान्तकृत समुदायका युवालाई छ महिने ” समता फाउन्डेसन फेलाे ” फेलाेसिप प्रदान गरेको छ । तालिम अवधिभर फेलाेहरुमा सिर्जनात्मक , समालाेचनात्क चेतकाे विकास गरी सीमान्तकृत समुदायको आवाजलाई बुलन्दका साथ समाजमा कसरी प्रस्तुत हुने , सहभागीकाे सीप क्षमता अभिवृद्धि गर्ने तालिमकाे मुख्य रहेको समता फाउन्डेसनले जनाएको छ ।
दलित , याैनिक अल्पसङ्ख्यक तथा सीमान्तीकृत समुदायबाट प्रतिनिधित्व गरेका फेलाेहरुमा पुरातनवादी साेच विरुद्ध एकीकृत आवाज निर्माण गर्नु, कला सिर्जनाका माध्यमबाट नयाँ काेणबाट इतिहास लेख्न , हेर्न , न्यायका लागि उभिने युवाहरूकाे जमात निर्माण गर्ने लक्ष्य पनि रहेको जानकारी आयोजक संस्थाले दिएकाे छ ।